
दिंला (भाेजपुर) । मुलकी खबरका सम्पादक किशाेर बुढाथोकीलाई बिहीबार भाेजपुरकाे दिंलामा सम्मान गरिएको छ ।
भाेजपुरकाे षडानन्द नगरपालिकाले चाैथाे राष्ट्रिय जैविक विविधता दिवसकाे अवसरमा बुढाथोकीसहित विभिन्न क्षेत्रका ७ जनालाई सम्मानित गरेकाे हाे ।
सम्मानित हुनेहरूमा सामुदायिक बीउ बैंकका सल्लाह एवं सामुदायिक बीउ विज्ञ पिताम्बर श्रेष्ठ, नेपाल पत्रकार महासंघ माेरङका सचिव एवं बीएफएमका सम्पादक नेत्र पी अधिकारी, पत्रकार महासंघ भाेजपुरका काेषाध्यक्ष माेहन तामाङ, षडानन्द नगरपालिकाका कृषि प्राविधिकहरु अम्बिका राई, प्रदीप भण्डारी र दिपिका राई रहेका छन् ।
बुढाथोकी अन्नपूर्ण पाेस्टका काेशी ब्यूराे प्रमुखसमेत हुन् । बीउ बैंककाे स्थापना तथा रैथाने जातका बीउ संरक्षणमा महत्त्वपूर्ण याेगदान पुर्याएकाे भन्दै उनीहरूलाई नगर उपप्रमुख प्रमिला राई लगायतले सम्मान गरेका हुन् ।
चाैथाे राष्ट्रिय जैविक विविधता दिवसकाे अवसरमा नगरपालिकाले बीउ बैंककाे स्थापना, प्रथम कन्दमुल प्रदर्शनी कार्यक्रम आयोजना गरेकाे थियाे ।

























