रास्वपा केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको गाडी तोडफोड

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २, शुक्रबार १२:०७

गोरखा । गोरखाको भिमसेन थापा गाउँपालिका–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको गाडी तोडफोड भएको छ। पार्किङ गरी राखेको अवस्थामा अज्ञात समूहले बा १३ च ३८२८ नम्बरको गाडीमा क्षति पुर्‍याएको हो।

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार बिहीबार सो क्षेत्रमा माघे सङ्क्रान्तिको अवसरमा गोरु जुधाई र फुटबल प्रतियोगिता सञ्चालन भएको थियो। सोही क्रममा पार्किङमा रहेको गाडीको पछाडिको सिसा फुटाइएको पाइएको छ।

नेता परियारले आफ्नो सवारी साधनमा भएको क्षतिको बारेमा प्रहरीलाई जानकारी गराइसकेका छन्। प्रहरीले घटनाको थप अनुसन्धान र दोषीको खोजी भइरहेको जनाएको छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.