निर्वाचन आचारसंहिता माघ ३ देखि लागू हुने तयारी: आयोगले थाल्यो दलहरूसँग छलफल

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २, शुक्रबार १२:५१

काठमाडौँ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अन्तिम तयारी तीव्र पारेको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आयोगले ‘निर्वाचन आचारसंहिता, २०८२’ स्वीकृत गरिसकेको छ भने यसको कार्यान्वयनका विषयमा आज राजनीतिक दलहरूसँग घनीभूत छलफल सुरु गरेको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, आयोगले आगामी माघ ३ गतेदेखि देशभर निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ। फागुन २१ गते हुने मतदान र माघ ६ गतेका लागि तय गरिएको उम्मेदवारी मनोनयनको कार्यक्रमलाई मध्यनजर गर्दै आयोगले माघको पहिलो सातादेखि नै आचारसंहिता कार्यान्वयनमा ल्याउन लागेको हो।

आयोगले आज संसद्मा प्रतिनिधित्व गर्ने तथा निर्वाचनमा सहभागी हुने दलहरूसँग आचारसंहिताका प्रावधानहरू र यसको पालनाका विषयमा छलफल गरिरहेको छ। छलफलमा विशेषगरी निर्वाचन प्रचारप्रसारको खर्च, सामाजिक सञ्जालको प्रयोग, सरकारी स्रोत–साधनको दुरुपयोग रोक्ने र बालबालिकाको प्रयोग निषेध गर्ने जस्ता विषयमा दलहरूको प्रतिबद्धता माग गरिएको छ।

‘आचारसंहिता केवल कागजमा मात्र सीमित नभई व्यवहारमा लागू होस् भन्ने हाम्रो चाहना हो,’ प्रवक्ता भट्टराईले भने, ‘दलहरूले यसलाई कसरी पालना गर्छन् भन्नेमा आयोगले सूक्ष्म निगरानी राख्नेछ।’

यद्यपि, नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो आधिकारिकता विवाद र वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई लगायतका कानुनविद्हरूले मनोनयनको मिति केही दिन सार्नुपर्ने सुझाव दिइरहेको सन्दर्भमा आयोगले केही लचिलो निर्णय लिन सक्ने सम्भावना पनि रहेको छ।

तपाइको प्रतिक्रिया
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.