कांग्रेस विभाजन हुनु दुःखद: ओली

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २, शुक्रबार १६:४१

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान, सार्वभौम सत्ता र राष्ट्रिय स्वाधीनतामाथि निरन्तर आक्रमण भइरहेको बताएका छन्।

एमाले राजधानी प्रदेश कमिटीले आयोजना गरेको निर्वाचन तयारी तथा कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको पछिल्लो राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन्।

अध्यक्ष ओलीले न्याय निरूपण गर्ने निकायहरू अहिले त्रासको छायामा रहेको र धम्कीका आधारमा निर्णय गर्नुपर्ने अवस्था सिर्जना भएको दाबी गरे।

नेपाली कांग्रेसमा देखिएको विवाद र विभाजनतर्फको अवस्थालाई दुःखद भन्दै उनले संविधान र प्रणाली घायल भएको बेला कांग्रेस आन्तरिक कलहमा अल्झिनु आश्चर्यजनक भएको टिप्पणी गरे।

देश र लोकतन्त्र रक्षाका लागि एमालेका कार्यकर्ताहरूले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिँदै उनले निर्वाचन आयोगको भूमिकामाथि पनि प्रश्न उठाएका छन्।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.