‘निर्वाचनका बेला गलत सूचना प्रवाहको जोखिम’

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ३, शनिबार १५:५१

काठमाडौँ । निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचनका समयमा विभिन्न समूह, व्यक्ति वा स्वार्थ समूहबाट योजनाबद्ध रूपमा गलत सूचना प्रवाह हुने जोखिम उच्च रहने भएकाले त्यसतर्फ सञ्चार माध्यमले ध्यान दिनुपर्ने बताएका छन्।

नेपाल पत्रकार महासङ्घ र डिजिटल राइट्स नेपालद्वारा संयुक्त रूपमा आयोजित ‘डिजिटल अधिकार तथा सुरक्षा, सूचना अखण्डता र निर्वाचन रिपोर्टिङ’ विषयक अन्तर्क्रियामा उनले निर्वाचनको समयमा सूचनाहरू बिनापुष्टि मिडियामार्फत सम्प्रेषण भएमा त्यसले निर्वाचन प्रक्रिया, मतदाता विश्वास र समग्र लोकतान्त्रिक प्रणालीमै गम्भीर समस्या उत्पन्न गराउन सक्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए।

उनले भने, ‘समाजमा मिडियाको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ । विशेषगरी निर्वाचनका समयमा कसैले गलत सूचना दिएर मिडियामा पठाएको खण्डमा त्यसले ठूलो समस्या निम्त्याउन सक्छ । त्यसैले पत्रकार र सञ्चारमाध्यमले अत्यन्तै चनाखो र सजग भएर काम गर्न आवश्यक छ ।’ निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गर्दा तथ्य पुष्टि, स्रोतको विश्वसनीयता र प्रमाणमा आधारित अनुसन्धानात्मक रिपोर्टिङ अपरिहार्य रहेको उनको भनाइ छ । मिडियाले हतारमा होइन, जिम्मेवार ढङ्गले समाचार प्रकाशन–प्रसारण गर्नुपर्ने उनले आग्रह गरे।

नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सत्य, तथ्य र सन्तुलित सूचना प्रवाहका लागि महासङ्घ निरन्तर क्रियाशील रहेको बताइन् । पत्रकारिता आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै विशेषगरी पत्रकार स्वयं अझ बढी जिम्मेवार हुनुपर्ने धारणा उनले राखिन्।

उनले भनिन्, ‘कतिपय सामाजिक सञ्जालमार्फत ‘डिसइन्फरमेसन’ आइरहेको देखिन्छ । ती भ्रामक सूचनालाई कसरी नियन्त्रण र न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा महासङ्घ सक्रिय छ । जिम्मेवार पत्रकारितामार्फत निस्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गराउन हामी सबै सफल हुनुपर्छ ।’

नेपाल प्रेस काउन्सिल नेपालका अध्यक्ष डा कुमार शर्मा आचार्यले सञ्चारमाध्यममा गलत सूचना प्रवाह हुन नदिन काउन्सिलले निरन्तर अनुगमन गरिरहेको बताए। उनले भने, ‘मिडियामा गलत सूचना प्रवाह हुन नदिन काउन्सिलले नियमित अनुगमन गरिरहेको छ । विशेषगरी निर्वाचन रिपोर्टिङका क्रममा यस्ता गतिविधि नहोस् भनेर काउन्सिल थप चनाखो बनेको छ ।’

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.