अन्नपूर्ण र हाँकु सामुदायिक बीउ बैंक सम्मानित

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ३, शनिबार २१:३३

विराटनगर । स्थानीय बाली विविधताको संरक्षण र प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै दुई सामुदायिक बीउ बैंकहरू राष्ट्रिय रूपमा सम्मानित भएका छन्। चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसको अवसरमा कास्कीको अन्नपूर्ण र जुम्लाको हाँकु सामुदायिक बीउ बैंकलाई सम्मान गरिएको हो।

कास्कीको अन्नपूर्ण बीउ बैंकलाई २५ हजारसहित राष्ट्रिय सम्मान कृषि विभागद्वारा माघ १ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजित मूल समारोहमा कास्कीको अन्नपूर्ण सामुदायिक बीउ बैंक सम्मानित भयो। संघीय कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन प्रसाद परियारले बैंकलाई २५ हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरे। उक्त सम्मान अन्नपूर्ण सामुदायिक बीउ बैंक सञ्चालक संस्था प्रगतिशील कृषि उत्पादक सहकारी संस्थाका कोषाध्यक्ष कृष्ण प्रसाद अधिकारीले ग्रहण गरेका थिए।

कर्णालीमा जुम्लाको हाँकु सामुदायिक बीउ बैंक पुरस्कृत यसैगरी, कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित तीन दिने मह महोत्सव तथा जैविक विविधता दिवस समापन समारोहमा जुम्लाको हाँकु सामुदायिक बीउ बैंक सम्मानित भएको छ। स्थानीय बालीका बीउ तथा खाद्यान्न प्रदर्शनीसहित सहभागी भएको सो बैंकलाई कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले ४ हजार रुपैयाँ नगद र सम्मानपत्र हस्तान्तरण गरे। उक्त सम्मान बैंक सञ्चालक धौलीगाड कृषि सहकारी संस्थाकी अध्यक्ष कविता जैसी पराजुलीले प्राप्त गरिन्।

सामुदायिक बीउ बैंक संघको भूमिका सम्मानित भएका यी दुवै बीउ बैंकहरू सामुदायिक बीउ बैंक संघ नेपालमा आबद्ध छन्। उनीहरूको सुदृढीकरण र स्थानीय बीउ संरक्षणमा संघले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। आफ्ना सदस्य संस्थाहरू सम्मानित भएकोमा सामुदायिक बीउ बैंक संघ नेपालले खुसी व्यक्त गरेको छ। संघले कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र र कर्णाली प्रदेशको कृषि मन्त्रालयप्रति आभार समेत प्रकट गरेको छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.