जस्तोसुकै अवस्थामा पनि चुनाव लड्ने ओलीको उद्घोष

Share this
782shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ५, सोमबार १३:३९

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा शान्ति सुरक्षा कायम हुन नसकेको बताएका छन्। सोमबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले सरकारले निर्वाचनका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाउन नसकेको आरोप लगाए।

समाजमा अझै पनि आपराधिक घटनाहरू भइरहेकाले सुरक्षा व्यवस्था कमजोर रहेको उनको दाबी छ। निर्वाचन आयोगमाथि समेत प्रश्न उठ्ने अवस्था आएको भन्दै उनले निर्वाचन निष्पक्ष र भयरहित हुनेमा आशंका व्यक्त गरे। जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ सुरक्षा व्यवस्थाप्रति असन्तुष्टि जनाए पनि एमाले चुनावबाट पछि नहट्ने ओलीले स्पष्ट पारे। ‘सुरक्षा प्रबन्ध अझै राम्रो हुन सकेको छैन, निर्वाचन आयोगमाथि समेत प्रश्न उठ्ने अवस्था छ,’ ओलीले भने, ‘तर जस्तोसुकै अवस्थामा पनि हामी चुनावमा भाग लिन्छौँ। त्यसमा कुनै समस्या छैन।’

झापा–५ लाई ‘इपिसेन्टर’ भन्नु वाइयात आफ्नो निर्वाचन क्षेत्र झापा–५ यसपटकको चुनावको केन्द्रविन्दु (इपिसेन्टर) बनेको भन्ने चर्चालाई ओलीले ठाडै अस्वीकार गरे। सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले भने, ‘के को इपिसेन्टर हुन्छ? वाइयात कुरा।’

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.