
विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका-४ स्थित भित्री पक्की सडक खण्डमा आइतबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साेमबार बेलुका स्वास्तिक जुट मिल अगाडि प्रदेश १-०२-०४९ प ९२२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियाे ।
दुर्घटनामा परी मोटरसाइकल चालक सुनसरीको दुहबी नगरपालिका-५ बस्ने अन्दाजी ३१ वर्षीय प्रकाश साह र मोटरसाइकलको पछाडि सवार मोरङ विराटनगर महानगरपालिका-१५ की अन्दाजी ४० वर्षीया कन्चन झाको मृत्यु भएको हाे ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि विराट टिचिङ अस्पताल, गंगाचौक लगिएको थियो । अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक दुवैको अनुहार र टाउकोमा गम्भीर चोट लागेको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

























