
विराटनगर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट उम्मेदवार बन्ने भएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । उनले म्याग्दीबाटै राजीनामा पत्र पठाएका थिए । उनको राजीनामा स्वीकृत भइसकेको छ ।

























