मनोनयन दर्ता सकियो, २४०० भन्दा बढी उम्मेदवार चुनावी मैदानमा

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ६, मंगलबार १७:२३

काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ताका लागि तोकिएको समय सकिएको जनाएको छ। आयोगले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि मनोनयन दर्ताको समय निर्धारण गरेको थियो।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार देशभरका १६५ निर्वाचन क्षेत्रमा गरी २४०० भन्दा बढी उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन्। यो प्रारम्भिक तथ्याङ्क भएको र अझै पनि केही स्थानमा उम्मेदवारहरू लाइनमै रहेकाले अन्तिम सङ्ख्या अझै बढ्न सक्ने प्रवक्ता भट्टराईले जानकारी दिए।

‘मनोनयन दर्ताको निर्धारित समय सकिए पनि कार्यालयमा ५ बजेभित्र प्रवेश गरेका उम्मेदवारहरूको मनोनयन दर्ता गर्ने कार्य जारी छ,’ भट्टराईले भने। उनले केही बेरमा आयोगले पत्रकार सम्मेलन गरी उम्मेदवारहरूको विस्तृत विवरण र क्षेत्रगत जानकारी दिने पनि बताए।

आजै नेपाली कांग्रेससहितका प्रमुख राजनीतिक दलहरूले देशभरका १६५ वटै क्षेत्रमा आफ्ना उम्मेदवारहरूको मनोनयन दर्ता सम्पन्न गरेका छन्। आयोगले आज दर्ता भएका मनोनयनमाथि भोलिदेखि दाबी–विरोध र छानबिनको प्रक्रिया सुरु गर्ने कार्यतालिका रहेको छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.