कोशीका इन्जिनियरहरूका लागि नयाँ प्रविधिसम्बन्धी अभिमुखीकरण

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ७, बुधबार १०:२१

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले कोशी प्रदेशमा कार्यरत इन्जिनियरहरूका लागि संरचनात्मक इन्जिनियरिङ (स्ट्रक्चरल इन्जिनियरिङ) सम्बन्धी विशेष अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। नेपाल स्ट्रक्चरल इन्जिनियर एसोसिएसन नेपालको सहयोगमा आयोजित यो कार्यक्रममा विशेष गरी इँटा र ढुङ्गाबाट बनेका संरचनाको नयाँ निर्माण र प्रबलीकरण (रेट्रोफिटिङ) का प्राविधिक पक्षबारे जानकारी दिइएको छ।

विश्वविद्यालयको हात्तीमुढास्थित केन्द्रीय कार्यालयमा मङ्गलबारदेखि सुरु भएको यस कार्यक्रममा कोशी प्रदेशका विभिन्न मन्त्रालय, सरकारी कार्यालय, पालिका तथा इन्जिनियरिङ क्याम्पसका इन्जिनियरहरू सहभागी छन्। न्युजिल्यान्डको रेसिप्रो इन्टरनेसनलका स्ट्रक्चरल इन्जिनियरिङ विज्ञ डा. जितेन्द्र बोथाराले इन्जिनियरहरूलाई सहजीकरण गरिरहेका छन्। उनले नेपालका पुराना इँटा र ढुङ्गाका भवनहरू प्राकृतिक विपद्को उच्च जोखिममा रहेकाले नयाँ प्रविधि र मूल्याङ्कन पद्धतिबारे इन्जिनियरहरू अपडेट हुनुपर्ने बताए।

कार्यक्रमको उद्घाटन गर्दै पूर्वाञ्चल विश्वविद्यालयका डिन प्रा.डा. भोला शर्मा घिमिरेले निजी र सार्वजनिक संरचनाहरूको मजबुतीले नै इन्जिनियरको सफलता झल्काउने बताए। उनले सुरक्षित निर्माणका लागि नयाँ ज्ञान र प्रविधिबारे निरन्तर अद्यावधिक हुन इन्जिनियरहरूलाई सुझाव दिए। त्यस्तै, नेपाल स्ट्रक्चरल इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष कृष्णसिंह बस्नेतले भूकम्पीय जोखिम कम गर्न र जनधनको सुरक्षाका लागि दक्ष इन्जिनियरको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे।

पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानका प्रमुख काजीराम कार्कीले सही प्राविधिक ज्ञानको अभावमा मानवीय विपत्ति निम्तिन सक्ने भएकाले अन्तर्राष्ट्रिय स्तरका नयाँ प्रविधि प्रयोगमा जोड दिए। मनमोहन प्राविधिक विश्वविद्यालयकी डिन डा. रेखा श्रेष्ठले विश्वविद्यालयलाई अध्ययन र अनुसन्धानको केन्द्र बनाउन यस्ता कार्यक्रम आयोजना गरिएको बताउँदै आगामी दिनमा पनि सुरक्षित निर्माण सम्बन्धी तालिमहरूलाई निरन्तरता दिने जानकारी दिइन्।

अभिमुखीकरणका क्रममा सहभागीहरूलाई भवनको जोखिम पहिचान, भूकम्पीय संवेदनशीलताको मूल्याङ्कन, भार वहन क्षमताको विश्लेषण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्माण मापदण्डबारे व्यावहारिक अभ्यास गराइनेछ। कार्यक्रममा केस स्टडी र वास्तविक भवनका उदाहरणमार्फत सुरक्षित सहरी विकासका लागि प्राविधिक सिफारिस तयार पार्ने तरिकाबारे पनि छलफल हुनेछ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.