जाँचबुझ आयोगको म्याद थप्ने तयारी

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ७, बुधबार १२:१२

काठमाडौँ । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको म्याद दोस्रो पटक थप्ने तयारी भएको छ। प्रतिवेदन लेखनको काम अन्तिम चरणमा पुगे पनि समय अभावका कारण आयोगले थप १५ देखि २० दिनको म्याद माग गरेको हो।

आयोगका अध्यक्ष कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर हालसम्मको प्रगति र बाँकी कामबारे जानकारी गराएका छन्। सुरुमा तीन महिनाको समय दिइएकोमा काम नसकिएपछि पुसमा एक महिना म्याद थपिएको थियो। थपिएको उक्त समय पनि बिहीबार सकिँदै छ। प्रधानमन्त्रीले म्याद थपको आग्रहबारे अहिलेसम्म औपचारिक जवाफ भने दिएकी छैनन्।

आयोगले हालसम्म ८० प्रतिशत काम सकिएको र बयान लिने प्रक्रिया पूरा भएको बताएको छ। यस क्रममा पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री, सुरक्षा प्रमुखहरू, मुख्यसचिव, सचिव तथा काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी र महानगर प्रमुखसँग बयान लिइएको छ। त्यसैगरी, आन्दोलनका क्रममा सुरक्षामा खटिएका कमान्डर र जेनजी अभियन्ताहरूसँग पनि घटनाबारे सोधपुछ गरिएको छ।

भदौ २३ गते राज्य पक्षबाट र २४ गते प्रदर्शनकारीबाट भएको विध्वंसमा मुलुकले ठूलो धनजनको क्षति बेहोरेको थियो। गत असोज ८ गतेदेखि काम थालेको आयोगले प्रतिवेदनलाई अन्तिम रूप दिन केही समय मागेकाले सरकारले छोटो अवधिको म्याद थप्ने सम्भावना छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.