अमेरिकाद्वारा ८० नेपाली डिपोर्ट, चार्टर्ड विमानमार्फत काठमाडौं ल्याइयो

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ७, बुधबार १६:०१

काठमाडौं। अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई स्वदेश फिर्ता (डिपोर्ट) गरेको छ। मंगलबार एउटा चार्टर्ड विमानमार्फत उनीहरूलाई काठमाडौं ल्याएर छाडिएको हो।

अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालले दिएको जानकारी अनुसार डिपोर्ट हुनेहरूमा ७९ जना पुरुष र एक जना महिला छन्। अमेरिकामा गैरकानुनी रूपमा बसोबास गरिरहेका, आवश्यक कागजात नभएका र त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेका नेपालीहरूलाई अमेरिकाले फिर्ता पठाएको हो।

काठमाडौं उत्रिएका उनीहरूलाई तत्कालै नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो पठाइएको थियो। ब्युरोका अधिकारीहरूले उनीहरूसँग आवश्यक सोधपुछ गरेपछि परिवारको जिम्मा लगाएका छन्। सो क्रममा प्रहरीले कसैले प्रलोभनमा पारेर वा गैरकानुनी बाटोबाट अमेरिका पठाएको भए उजुरी दिन समेत पीडितहरूलाई आग्रह गरेको छ।

अमेरिकाले पछिल्लो समय अवैध रूपमा बस्ने नेपालीहरूलाई विभिन्न चरणमा डिपोर्ट गर्दै आइरहेको छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.