देशभरको मौसम : बिहीबार सफा रहने, शुक्रबारबाट वर्षा र हिमपातको सम्भावना

Share this
769shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ८, बिहीबार ०६:३१

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ । जसका कारण आज (बिहीबार) देशका अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल देखिए पनि अन्य स्थानमा आकाश खुला रहनेछ । तराईका केही भू–भागमा भने बिहान र बेलुकी हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ ।

बिहीबार दिउँसो तराईका सीमित स्थानमा हुस्सु कायम रहन सक्नेछ भने पहाडी र हिमाली क्षेत्रमा आंशिक बादलबाहेक उल्लेखनीय मौसम प्रणाली सक्रिय हुने देखिँदैन । राति पनि तराईका केही भागमा हुस्सु लाग्ने र कोशी, गण्डकी, कर्णाली तथा सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ ।

तरm शुक्रबारदेखि मौसममा स्पष्ट परिवर्तन देखिने पूर्वानुमान गरिएको छ । महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा गण्डकी प्रदेशका थोरै स्थानमा शुक्रबार मध्यम वर्षा हुन सक्ने सम्भावना छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यम हिमपातको सम्भावनासमेत रहेको छ । मौसम परिवर्तनसँगै विशेषगरी पहाडी र हिमाली भेगमा चिसो बढ्ने, यातायात तथा दैनिक जनजीवनमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.