
विराटनगर । झापामा ट्याक्टरबाट लडेर १ जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका–६ जामबारीस्थित झिलझिले–कुञ्जीबारी पक्की सडक खण्डमा बुधबार साँझ ६ बजेतिर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार विष्णु चोकबाट जनता चोकतर्फ जाँदै गरेको मे १ त ७५६३ नम्बरको ट्याक्टरबाट लडेर सहचालक शिवसताक्षी–६ का अन्दाजी २२ वर्षीय नारायण राजवंशीको मृत्यु भएको छ । गुडिरहेको ट्याक्टरबाट अचानक खसेर राजवंशी गम्भीर घाइते भएका थिए ।
उपचारका लागि दमकको आम्दा अस्पताल पुर्याइएका उनलाई ६ः५५ बजेतिर चिकित्सकले मृत घोषित गरिदिएका हुन् । ट्याक्टर र चालक शिवसताक्षी–६ का अन्दाजी ३० वर्षीय नितेश घिमिरेलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

























