प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनेको नामावली सार्वजनिक गरिँदै

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ८, बिहीबार ०७:२१

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकाहरुको नामावली आज (बिहीबार) सार्वजनिक गर्दैछ ।

मंगलबार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी संकलन गरिएको थियो । दर्ता भएका उजुरीमाथि आवश्यक जाँचबुझ सम्पन्न भइसकेकाले आयोगले साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको हो ।

आयोगको कार्यतालिकाअनुसार माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम तय भएको छ ।

आयोगका अनुसार यसपटक प्रतिनिधिसभाका लागि ३ हजार ४ सय ८६ जनाको उम्मेदवारी दर्ता भएको छ । तीमध्ये ३ हजार ८९ पुरुष तथा ३ सय ९६ महिला र एक जना तेस्रो लिङ्गी उम्मेदवार छन् ।

जेनजी आन्दोलनपछि संसद विघटन भएसँगै कार्यकाल पूरा नहुँदै निर्वाचन हुन लागेको हो । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते निर्वाचनको मिति तय गरेको छ ।

निर्वाचनमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र अन्य २ सयसहित कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जनाले मतदान गर्न पाउने आयोगले जनाएको छ ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.