दुर्घटनामा १ जनाको मृत्यु

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ८, बिहीबार ०८:०७

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुलनजिक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार कुखुरा बोकेर सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ च ६७२१ नम्बरको गाडी बिहीबार बिहानका राति १ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा चालकसहित ३ जना घाइते भएका थिए ।

चालक सर्लाही बहरथवा नगरपालिका–१ का २५ वर्षीय रामवलि साह, दुई सहयोगीहरू १७ वर्षीय रोहन मण्डल र १६ वर्षीय छोटे पासवान घाइते भएका हुन् । घाइतेमध्ये रोहन मण्डलको उपचारकै क्रममा बिहान ४ः४५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते दुवै जनाको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । गाडीमा ५ सयवटा कुखुरा थिए । तीमध्ये ३ सयवटा मरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.