बाल सुधारगृहमा हिंसात्मक झडपपछि आगजनी र तोडफोड

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ९, शुक्रबार ०७:३८

भक्तपुर । भक्तपुरको मध्यपुरथिमी नगरपालिका–२ सानोथिमीस्थित बाल सुधारगृहमा बिहीबार राति हिंसात्मक झडप भएको छ । आगजनी र तोडफोडसमेत भएको छ ।

सुधारगृहभित्र रहेका २ समूहबीच सुरु भएको आपसी विवाद केही समयमै नियन्त्रणबाहिर गएर हिंसात्मक झडपमा परिणत भएको थियो । त्यसपछि भवनभित्र आगजनी र तोडफोड गरेर भौतिक संरचनामा क्षति पुर्याइएको छ ।

घटनाको जानकारी पाउनसाथ थिमी प्रहरी वृत्तका प्रमुख डीएसपी नवराज ढुंगानाको नेतृत्वमा प्रहरी सुधारगृह पुगेको थियो । तर, झडपमा संलग्न दुवै समूहले स्थिति शान्त पार्न पुगेका प्रहरीमाथि नै ढुंगामुढा गरेपछि अवस्था थप तनावपूर्ण बनेको थियो । परिस्थिति नियन्त्रणबाहिर जान थालेपछि सशस्त्र प्रहरीसमेत परिचालन गरियो ।

मध्यराति आगो फैलिन थालेपछि भक्तपुर र काठमाडौं महानगरपालिकाका वारुणयन्त्रहरू प्रयोग गरी आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीका कारण सुधारगृहभित्र कति क्षति भयो भन्ने यकिन विवरण प्राप्त भइसकेको छैन ।

बाल सुधारगृहमा हाल १ सय ४५ जना पुरुष र २४ जना महिला गरी कुल १ सय ६९ जना कानुनी विवादमा परेका बालक तथा बालिकाहरू रहेका छन् । घटनापछि सबैलाई सुरक्षित स्थानमा राखिएको र कुनै मानवीय क्षतिको विवरण अहिलेसम्म नआएको प्रहरीले जनाएको छ ।

हाल स्थिति पूर्ण रूपमा नियन्त्रणमा रहेको भए पनि पुनः कुनै अप्रिय घटना नहोस भनेर सुधारगृह परिसर र आसपासको क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । झडप कसरी सुरु भयो र त्यसको कारण के हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.