देशभरबाट ४९ जना उम्मेदवारले फिर्ता लिए नाम

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ९, शुक्रबार १५:१६

काठमाडौँ। आगामी निर्वाचनका लागि मनोनयन दर्ता गराएकामध्ये देशभरबाट ४९ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार देशभरबाट कूल ३ हजार ४८७ जनाले उम्मेदवारी दर्ता गराएका थिए। तीमध्ये ४९ जनाले शुक्रबार नाम फिर्ता लिएको उनले जानकारी दिए। ‘देशभरबाट जम्मा ४९ जनाले उम्मेदवारी फिर्ता लिएको जानकारी आयोगमा छ,’ शुक्रबार आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता भट्टराईले भने।

यस्तै, उम्मेदवारहरू विरुद्ध ५ वटा दाबी विरोधका उजुरी परेका थिए। तीमध्ये एक जनाको उम्मेदवारी मात्रै खारेज भएको र अन्य ४ जनाको उम्मेदवारी भने यथावत रहेको आयोगले जनाएको छ। आयोगले आजै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न समेत प्रदान गर्ने तयारी गरेको छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.