गगन थापाको क्षेत्र ‘अति संवेदनशील’ सूचीमा

Share this
645shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १०, शनिबार १३:३८

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाहीमा तोकिएका मतदानस्थलमध्ये ९२ प्रतिशतभन्दा बढी संवेदनशील सूचीमा परेका छन्। जिल्ला सुरक्षा समितिले कुल ३ सय १२ मतदानस्थलमध्ये १ सय ५८ वटालाई अति संवेदनशील र १ सय ३१ वटालाई संवेदनशील सूचीमा राखेको छ।

२३ वटा मतदानस्थललाई सामान्य सूचीमा राखिएको छ। विशेष गरी नेपाली कांग्रेसका सभापति गगनकुमार थापा उम्मेदवार बनेको सर्लाही क्षेत्र नम्बर ४ सुरक्षाको दृष्टिकोणले बहस र चर्चाको केन्द्रमा छ। यो क्षेत्रका ८१ वटा मतदानस्थल अति संवेदनशील तथा संवेदनशीलको सूचीमा छन्।

यसअघि २०७९ को निर्वाचनमा यस क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रूपमा अमरेशकुमार सिंहले जितेका थिए। कांग्रेसबाट टिकट नपाएपछि विद्रोह गरेर जितेका सिंह यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी मैदानमा उत्रिएका छन्। गगन थापा र अमरेशकुमार सिंहबीचको प्रतिस्पर्धाले यो क्षेत्रलाई थप रोचक र चुनौतीपूर्ण बनाएको छ।

जिल्ला सुरक्षा समितिले भौगोलिक विकटता, नेपाल–भारत खुला सीमाको निकटता, विगतका निर्वाचनमा दलहरूबीच भएका झडप र सम्भावित आपराधिक क्रियाकलापलाई आधार मानेर मतदानस्थलको वर्गीकरण गरेको हो। प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले अति संवेदनशील र संवेदनशील मानिएका स्थलहरूलाई विशेष सुरक्षा घेरामा राखिने बताए। उनले मतदाताहरूले भयरहित वातावरणमा मतदान गर्न पाउने गरी सुरक्षा योजना तयार पारिएको जानकारी दिए। यसपटक जिल्लाभर ३ सय १२ मतदानस्थलमा ६ सय २८ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.