न्यून चापीय प्रणालीको प्रभाव, पहाड र हिमालमा हिमपातको सम्भावना

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ११, आइतबार ०६:२१

काठमाडौं । देशभर हाल सक्रिय न्यून चापीय प्रणालीका कारण मौसममा आंशिक बदली देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीको प्रभावले कोशी, मधेश र बागमती प्रदेशसहित अधिकांश पहाडी तथा हिमाली भू–भागमा बादल लागेको छ भने अन्य भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । आइतबार दिउँसो देशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा सामान्यतया बदली रहनेछ ।

बाँकी पहाडी तथा तराई भू–भागमा आंशिक बदलीको अवस्था रहने मौसमविद्हरूले जनाएका छन् । यही मौसमी अवस्थाका कारण कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, अन्य उच्च पहाडी तथा हिमाली क्षेत्रका १–२ स्थानमा पनि छिटफुट वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ । पूर्वी तथा मध्य तराईका केही स्थानहरूमा भने बिहानीपख हुस्सु लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हुस्सुका कारण विशेष गरी बिहानको समयमा सवारी आवागमन र दैनिक गतिविधिमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । रातिको समयमा सुदूरपश्चिम प्रदेशसहित अधिकांश पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने तराईलगायत बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका १–२ स्थानमा राति पनि हल्का वर्षासहित हिमपातको सम्भावना कायमै रहनेछ । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा उच्च पहाडी र हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई मौसमको अवस्था बुझेर आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.