प्रतिनिधिसभा निर्वाचन : ३६ सय मतदानस्थल अति संवेदनशील

Share this
653shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ११, आइतबार ०७:२९

काठमाडौं । मुलुक प्रतिनिधिसभाको निर्वाचनतर्फ अघि बढिरहँदा सुरक्षा चुनौती गम्भीर बनेको छ । जेनजी आन्दोलनपछिको अस्थिर अवस्था, लुटिएका हतियार फिर्ता नआउनु र भागेका कैदीबन्दी अझै नियन्त्रणबाहिर रहनुले यसपटकको निर्वाचनलाई सामान्यभन्दा बढी संवेदनशील बनाएको छ ।

यही जोखिम मूल्यांकनका आधारमा सरकारले देशभर रहेका करिब ११ हजार मतदानस्थलमध्ये ३ हजार ६ सय ८० वटालाई ‘अति संवेदनशील’ सूचीमा राखेको छ । सुरक्षा निकायहरूको संयुक्त अध्ययनपछि करिब एकतिहाइ मतदानस्थल उच्च जोखिममा रहेको निष्कर्ष निकालिएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार मतदानस्थललाई ‘अति संवेदनशील’, ‘संवेदनशील’ र ‘सामान्य’ गरी ३ भागमा वर्गीकरण गरिएको छ । उनका अनुसार ४ हजार ४ सय ४२ मतदानस्थल संवेदनशील र २ हजार ८ सय ४५ मतदानस्थल सामान्य श्रेणीमा परेका छन् ।

वर्गीकरण गर्दा राजनीतिक प्रतिस्पर्धाको तीव्रता, दलहरूको प्रभाव क्षेत्र, सीमा जोडिएका इलाका, विगतका निर्वाचन अनुभव, नयाँ राजनीतिक शक्तिको उपस्थिति, सहरी–ग्रामीण अवस्था र भौगोलिक जोखिमलाई आधार बनाइएको प्रहरीले जनाएको छ । हिमाली क्षेत्रदेखि तराईसम्म फरक–फरक सुरक्षा रणनीति लागू गरिएको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा २ सय ७५ सिटका लागि मतदान हुँदैछ । तीमध्ये १ सय ६५ सिट प्रत्यक्ष र १ सय १० सिट समानुपातिक प्रणालीबाट टुंगो लाग्नेछ । निर्वाचन आयोगका अनुसार यसपटक १० हजार ९ सय ६७ मतदानस्थल र २३ हजार १ सय १२ मतदान केन्द्र तोकिएका छन् ।

निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरी गरी ३ लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिनेछ । यसमा नेपाली सेनाका करिब ८० हजार, नेपाल प्रहरीका ७१ हजारभन्दा बढी, सशस्त्र प्रहरीका ३५ हजार र अनुसन्धान विभागका करिब २ हजार कर्मचारी रहनेछन् । साथै, सरकारले १ लाख ४९ हजारभन्दा बढी निर्वाचन प्रहरी भर्नाको प्रक्रिया चलाइरहेको छ ।

सुरक्षा निकायले निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने दाबी गरेका छन् । देशभर उच्च सतर्कता कायम गरिएको भन्दै मतदाताले ढुक्क भएर मतदान गर्न सक्ने वातावरण बनाइने सुरक्षा निकायको भनाइ छ ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.