निर्वाचन आयोगद्वारा उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ११, आइतबार १४:०३

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरूको वैयक्तिक विवरण सार्वजनिक गरेको छ। निर्वाचन प्रक्रियालाई पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यले आयोगले कानुनी व्यवस्था अनुसार यो विवरण बाहिर ल्याएको हो।

प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका २०८२ को दफा २२ (१) बमोजिम उम्मेदवारले मनोनयन पत्रसँगै बुझाएको वैयक्तिक विवरण आयोगले आफ्नो वेबसाइटमा प्रकाशित गरेको छ। यसबाट मतदाता, सञ्चारमाध्यम र सरोकारवाला निकायलाई उम्मेदवारको पृष्ठभूमि र योग्यताका बारेमा जानकारी लिन सहज हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।

माघ ६ गते देशभरका १६५ निर्वाचन क्षेत्रमा एकैसाथ मनोनयन दर्ता भएको थियो। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ देशभर कुल ३ हजार ४८६ उम्मेदवारी दर्ता भएका छन्। जसमा ३ हजार ८९ पुरुष, ३९६ महिला र अन्य एक जना उम्मेदवार रहेका छन्।

आयोगले उपलब्ध गराएको यो विवरणले मतदातालाई आफ्ना उम्मेदवारको बारेमा बुझ्न र मतदानका लागि सही निर्णय लिन मद्दत पुग्ने विश्वास लिइएको छ। उम्मेदवारको सम्पूर्ण विवरण निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा गएर हेर्न सकिनेछ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.