राष्ट्रिय सभा निर्वाचन : कोशीमा ३४५ जनप्रतिनिधिले गरे मतदान

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ११, आइतबार १५:१९

विराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत कोशी प्रदेशमा मतदान प्रक्रिया सम्पन्न भएको छ। विराटनगरमा भएको मतदानमा ८७ जना प्रदेश सभा सदस्य र २५८ जना स्थानीय तहका पदाधिकारीले आफ्नो मताधिकार प्रयोग गरे।

राष्ट्रिय सभा निर्वाचन कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार बिहान ९ बजेदेखि सुरु भएको मतदानमा मतदाताहरूको उल्लेख्य सहभागिता रह्यो। कोशी प्रदेशमा कूल ९२ जना प्रदेश सांसद र २६७ जना स्थानीय तहका प्रतिनिधि मतदाताका रूपमा कायम थिए। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि केही जनप्रतिनिधिले राजीनामा दिएका कारण मतदाताको सङ्ख्यामा केही कमी आएको हो।

राजीनामा दिनेहरूमा राप्रपाका प्रदेश सांसद भक्तिप्रसाद सिटौला, रङ्गेलीका नगरप्रमुख दिलीप बगडिया र धरानका नगरप्रमुख हर्क साम्पाङसहित सात जना जनप्रतिनिधि रहेका छन्। कोशी प्रदेशमा रिक्त हुने ३ पदमध्ये अन्य समूहबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। बाँकी दुई पद अर्थात् महिला र दलित कोटाका लागि आइतबार मतदान भएको हो।

यस निर्वाचनमा मुख्यगरी एमाले–कांग्रेस–जसपा गठबन्धन र माओवादी–एकीकृत समाजवादी गठबन्धनबीच प्रतिस्पर्धा देखिएको छ। राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रतिनिधिको मतभार १९ रहने व्यवस्था छ। मतदान सकिएलगत्तै मतगणना सुरु हुने र आजै रातिसम्म अन्तिम परिणाम सार्वजनिक हुने निर्वाचन कार्यालयले जनाएको छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.