टेलिकमको ‘रिङ ब्याक टोन’ विरुद्धको रिटमा सुनुवाइ सुरु

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १४, बुधबार १२:२६

काठमाडौँ । नेपाल टेलिकमको ल्यान्डलाइन र मोबाइल फोनमा बज्ने ‘रिङ ब्याक टोन’ बन्द गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटको पेसी चढेको छ। अधिवक्ता विमल पोखरेलले दायर गरेको उक्त रिटमा न्यायाधीशहरू मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो।

अधिवक्ता पोखरेलले नेपाल टेलिकम, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएका छन्। टेलिकमले बारम्बार बजाइरहने अनावश्यक ‘रिङ ब्याक टोन’ का कारण उपभोक्ताहरू आजित भएको र यसले गर्दा मानिसहरू ह्वाट्सएप, म्यासेन्जर र भाइवरजस्ता विदेशी कम्पनीको सेवा लिन बाध्य भएको रिटमा उल्लेख छ।

विदेशी सेवा प्रदायकहरू नेपालमा दर्ता नभएकाले देशको राजस्वमा घाटा लागिरहेको र उपभोक्तालाई इच्छा विपरीत धुन सुन्न बाध्य पार्दा मानसिक तनाव सिर्जना भएको जिकिर रिटमा गरिएको छ। चाडपर्व, मेला र दिवसका अवसरमा बजाइने यस्ता धुनहरू तत्काल बन्द गर्न परमादेशलगायत आवश्यक आदेश जारी गर्न माग गरिएको छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.