रेशम चौधरीको रिटमाथि आज सुनुवाइ हुँदै

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १५, बिहीबार ११:३६

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले निर्वाचन आयोगको निर्णय विरुद्ध दायर गरेको रिटमा आज बिहीबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट उनले दर्ता गरेको उम्मेदवारी आयोगले खारेज गरिदिएपछि चौधरी सर्वोच्च पुगेका थिए।

सर्वोच्च अदालतले उक्त रिटको सुनुवाइका लागि न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी तोकेको छ।

यसअघि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले निर्वाचन आयोगसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिने वा नदिने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो। आजको सुनुवाइले चौधरीको उम्मेदवारी कायम रहने वा नरहने भन्नेबारे महत्वपूर्ण निर्णय दिन सक्ने देखिएको छ।

तपाइको प्रतिक्रिया
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.