विराटनगर जुनियर जेसिजको नयाँ नेतृत्वमा ओम जोगी

Share this
639shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १८, आइतबार १२:०६

विराटनगर। विराटनगर जुनियर जेसिजको नयाँ नेतृत्व चयन भएको छ। शनिबार जेसिज भवनमा सम्पन्न निर्वाचनबाट जुनियर जेसी ओम जोगी अध्यक्षमा निर्वाचित भएका हुन्।

नयाँ कार्यसमितिको कार्यकारी उपाध्यक्षमा सम्युक्ता कोइराला, आरोग्य कोइराला र आदित्य कोइराला चुनिएका छन्। त्यस्तै, उपाध्यक्ष पदमा निशान्त भट्टराई, सुहानी श्रेष्ठ, आदर्श आचार्य र रुकुल अमात्य चयन भएका छन्। संस्थाको महासचिवमा रक्षिता तिम्सिना, कोषाध्यक्षमा श्रीजेश कट्टेल, कानुनी सल्लाहकारमा आरभी तिम्सिना र तालिम निर्देशकमा मदन नेपाल निर्वाचित भएका छन्। जनसम्पर्क अधिकृतको जिम्मेवारी प्रतिज्ञा अधिकारीले पाएका छन्।

माघ १७ गते आयोजित पदस्थापना तथा पुरस्कार वितरण समारोहमा विभिन्न विधामा उत्कृष्ट सदस्यहरूलाई पुरस्कृत समेत गरियो। ‘गणेश–जमुना पुरस्कार’ याल्जिना थापाले प्राप्त गर्दा ओम जोगी उत्कृष्ट बोर्ड सदस्य र रुकुल अमात्य उत्कृष्ट कार्यक्रम संयोजक घोषित भए। वर्ष उत्कृष्ट सदस्यको उपाधि निशान्त भट्टराईले पाए भने २०२५ को उत्कृष्ट ककसका रूपमा सुहानी श्रेष्ठ चुनिएकी छन्।

विराटनगर जेसिजका अध्यक्ष कविराज दाहालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा संस्थापक अध्यक्ष डा. सन्देशदास श्रेष्ठ लगायतको उपस्थिति थियो। कार्यक्रममा संस्थाका पूर्व र वर्तमान अध्यक्षहरूलाई मायाको चिनो प्रदान गर्दै युवा सशक्तीकरणमा जोड दिइएको थियो।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.