उदयपुर सिमेन्ट भ्रष्टाचार काण्ड: पूर्वमहाप्रबन्धकसहित ८ जनाविरुद्ध मुद्दा दायर

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १८, आइतबार १५:५७

काठमाडौँ । उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा भएको साढे ४६ करोड रुपैयाँ बराबरको क्लिङ्कर हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कदम चालेको छ। आयोगले उद्योगका दुई पूर्वमहाप्रबन्धकसहित ८ जना कर्मचारीविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेल र नायव महाप्रबन्धक महेश प्रसाद काफ्लेलाई १२ करोड ४७ लाख २२ हजार २४२ रुपैयाँ बिगो माग दाबी गर्दै प्रतिवादी बनाएको छ। यस्तै, तत्कालीन निमित्त महाप्रबन्धक नवल किशोर साहसहित अन्य ६ जना विभागीय प्रमुखहरूलाई जनही ४६ करोड ५२ लाख ७४ हजार ४२६ रुपैयाँ बिगो दाबी गरिएको छ। मुद्दा दायर गरिएका अन्य कर्मचारीहरूमा सञ्जय कुमार लाल, महेश प्रसाद साह, रवीचन्द्र पौडेल, हरि प्रसाद अधिकारी र राम बहादुर जी.सी. रहेका छन्।

उद्योगमा सिमेन्ट बनाउन प्रयोग हुने कच्चा पदार्थ ‘क्लिङ्कर’ को खपत कागजमा धेरै देखाउने तर उत्पादन भने कम देखाउने गरी हिनामिना गरिएको अनुसन्धानबाट खुलेको छ। भौतिक परीक्षणका क्रममा गोदाममा हुनुपर्ने मौज्दात र कागजी रेकर्डबीच ठुलो अन्तर भेटिएको थियो।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७४/०७५ देखि २०७७ पुस मसान्तसम्ममा कुल ३८,७६९ मेट्रिक टन क्लिङ्कर हिनामिना भएको पुष्टि भएको छ। प्रतिवादीहरूले आपसी मिलेमतोमा सरकारी सम्पत्ति मास्ने नियतले वास्तविक भण्डारण कम हुँदाहुँदै पनि रेकर्डमा बढी देखाएर भ्रष्टाचार गरेको अभियोग पत्रमा उल्लेख छ।

मन्त्रालयको छानबिन प्रतिवेदनले प्राविधिक रूपमा पनि भ्रष्टाचारको प्रमाण फेला पारेको छ। सामान्यतया क्लिङ्कर र चुनढुङ्गाको उत्पादन अनुपात ०.७२५ हुनुपर्नेमा उदयपुर सिमेन्टमा उक्त अनुपात घटेर ०.६४९ सम्म पुगेको पाइएको छ। यसले उद्योगभित्र ठुलो परिमाणमा कच्चा पदार्थ गायब पारिएको स्पष्ट पार्छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.