प्रत्यक्षतर्फ ३० लाख मतपत्र छपाइ सकियो

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १९, सोमबार ०५:५९

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र बन्दै गएको छ ।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ सकिएको छ । निर्वाचन आयोगका अनुसार २५ जिल्लाका लागि आवश्यक मतपत्र छापिसकिएको हो । बाँकी जिल्लाका मतपत्र छपाइ चलिरहेको आयोगले जनाएको छ ।

भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ कार्य नियमित रूपमा भइरहेको छ। तोकिएको समयसीमाभित्र सबै जिल्लाको मतपत्र छपाइ सक्ने गरी व्यवस्थापन मिलाइएको आयोगले जनाएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ यसअघि नै २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भइसकेको छ । मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २ सय थान नमूना मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।

नमूना मतपत्रमार्फत मतदातालाई मतदान प्रक्रिया, मतपत्रको प्रयोग र सही तरिकाले मत खसाल्ने विषयमा जानकारी दिइने छ । त्यस्तै, निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गतको मतदाता शिक्षा एकाइले हालसम्म १ सय ५८ प्रकारका निर्वाचनसम्बन्धी सामग्री स्वीकृत गरी सार्वजनिक गरेको छ ।

ती सामग्री आयोगको आधिकारिक फेसबुक, एक्स, टिकटक र युट्युबमार्फत प्रसारण भइरहेका छन् । आयोगका अनुसार यस्ता सामग्रीले मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई लक्षित गर्दै आधिकारिक र विश्वसनीय सूचना प्रवाह गर्न मद्दत पुर्‍याउनेछ ।

निर्वाचनसम्बन्धी तयारीबारे अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले आयोगको समन्वयमा परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित कूटनीतिक नियोग तथा संयुक्त राष्ट्र संघीय निकायका प्रतिनिधिहरूलाई ब्रिफिङ पनि गरेको छ । आयोगले निर्धारित मितिमा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय हिसाबले निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.