राष्ट्रियसभामा २ वटा संसदीय समितिका प्रतिवेदन पेस

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १९, सोमबार १४:२९

काठमाडौँ । राष्ट्रियसभाको सोमबारको बैठकमा २ महत्त्वपूर्ण संसदीय समितिका प्रतिवेदनहरू पेस भएका छन्। बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापतिहरूले आफ्ना प्रतिवेदन प्रस्तुत गरे।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन २०८२’ सभामा पेस गरे। प्रतिवेदन पेस गर्ने क्रममा उनले अध्यागमन व्यवस्थापनसँग सम्बन्धित विधेयकका प्रावधान र समितिको अध्ययनबारे राष्ट्रियसभाका अध्यक्षलाई जानकारी दिए।

यस्तै, बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ पेस गरिन्। उनले उक्त प्रतिवेदनमाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गरेकी छन्।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.