मतदाता परिचयपत्र नभए पनि मतदान गर्न पाइने

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २०, मंगलबार १२:५०

काठमाडौँ। निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने निर्वाचनका लागि मतदाता परिचयपत्र अनिवार्य नभएको स्पष्ट पारेको छ।

आयोगको कल सेन्टरमा प्राप्त जिज्ञासाहरूको जवाफ दिँदै आयोगले मतदाता नामावलीमा नाम भएका नागरिकले विभिन्न ६ प्रकारका सरकारी कागजातमध्ये कुनै एउटा साथमा लिएर मतदान गर्न पाउने जानकारी दिएको हो।

मतदानका लागि मतदाता नामावलीमा नाम दर्ता हुनु अनिवार्य सर्त रहेको छ। मतदाता परिचयपत्र हराएको वा नष्ट भएको खण्डमा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाण पुर्जामध्ये कुनै एउटा सक्कल कागजात देखाएर आफ्नो मताधिकार प्रयोग गर्न सकिनेछ।

आयोगले परिचयपत्र नभएकै आधारमा कुनै पनि योग्य मतदाता मतदानबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो वैकल्पिक व्यवस्था मिलाएको बताएको छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.