रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट बालिकाको मृत्यु

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २२, बिहीबार १७:०५

रौतहट । रौतहटको इसनाथ नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारको स्टिकर टाँसिएको गाडीले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ। बाटोमा खेलिरहेको अवस्थामा गाडीले ठक्कर दिँदा ४ वर्षीया बालिका अल्फा खातुनको ज्यान गएको हो।

मृतक बालिका सोही नगरपालिका निवासी सागिर मोहम्मदकी छोरी हुन्। रौतहट प्रहरीका प्रवक्ता डीएसपी विष्णुप्रदीप बस्यालका अनुसार रास्वपा क्षेत्र नम्बर–२ का उम्मेदवार सेख सागिरको प्रचारमा प्रयोग भएको बा १५ च ४२४४ नम्बरको गाडीले बालिकालाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएकी उनलाई उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो।

दुर्घटनाका बेला गाडीमा रास्वपाको उम्मेदवारको स्टिकर टाँसिएको भए पनि उम्मेदवार सागिर भने सवार थिएनन्। प्रहरीले ठक्कर दिने गाडीलाई नियन्त्रणमा लिएको छ भने दुर्घटनापछि फरार रहेका चालकको खोजी कार्य जारी राखेको छ।

तपाइको प्रतिक्रिया
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.