‘समृद्ध नेपाल, सुखी नेपालीको नारा वेदबाट प्रभावित’

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २५, आइतबार १०:५९

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा वेदका ऋचाहरूबाट प्रभावित रहेको बताएका छन्। झापामा आयोजित एक धार्मिक अनुष्ठानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो धारणा राखेका हुन्।

सम्बोधनका क्रममा ओलीले नेपाल समृद्ध हुनुपर्ने र नेपाली जनता सुखी हुनुपर्ने आफ्नो सोच प्राचीन मन्त्रहरूमा आधारित रहेको उल्लेख गरे। उनले ‘सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः’ को भाव नै ‘समृद्ध नेपाल, सुखी नेपाली’ भएको दाबी गरे। सबै मान्छे सुखी हुन्, कसैलाई पनि दुःख नपरोस् र सबैले भलो देख्न पाऊन् भन्ने पुरानो मन्त्रलाई नै आफूले आधुनिक नाराका रूपमा अघि बढाएको उनले स्पष्ट पारे।

अध्यक्ष ओलीले विश्वमा ज्ञान र सृष्टिको रचना गर्नेहरू नेपालीकै पूर्वज रहेको चर्चा समेत गरे। शास्त्र बनाउने मात्र नभई विश्वकै पहिलो शल्य चिकित्सक (सर्जन) समेत हाम्रै धर्तीका ऋषिका छोरा भएको उनले बताए। त्रेता युगमा विश्वामित्रका छोरा सुश्रुतले नै विश्वमा पहिलो पटक सर्जरी सुरु गरेको भन्दै उनले पुर्खाहरूको गौरवपूर्ण इतिहासको स्मरण गरे।

सबै नागरिक डर र त्रासमुक्त वातावरणमा बाँचून् र सर्वत्र शान्ति छाओस् भन्ने नै आफ्नो चाहना रहेको उनले बताए। वेदले देखाएको बाटो र आधुनिक विकासको लक्ष्य एउटै रहेको उनको तर्क छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.