
झापा । झापामा ट्याक्टरबाट लडेर सहचालकको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका–७ बिरिङ खोलामा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार खोलाबाट बालुवा लोड गरेर अगाडि बढाउने क्रममा प्रदेश १–०१–००१ त ९०१० नम्बरको ट्याक्टरबाट लाडेर सहचालक अर्जुनधारा–३ का १६ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको हो । ट्याक्टरको ढालाबाट खसेका उनलाई आइतबार बिहान ९ः४० बजेतिर पछाडिको चक्काले किचेको थियो ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि शनिश्चरेस्थित शंखर अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएका हुन् । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

























