दुर्गा प्रसाईँलाई बिनाशर्त रिहा गर्न राप्रपाको माग

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २५, आइतबार १५:०८

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँलाई बिनाशर्त रिहा गर्न माग गरेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रसाईँको गिरफ्तारीप्रति कडा आपत्ति जनाएका हुन्।

अध्यक्ष लिङ्देनले सरकारले प्रसाईँलाई दुःख दिने र फरक विचारलाई दबाउने नियतले पटक-पटक पक्राउ गरेको बताए। राज्यले एउटा व्यक्तिमाथि प्रतिशोध साँध्नु अनुचित भएको र यसले नागरिकको स्वतन्त्रतापूर्वक बोल्न तथा शान्तिपूर्ण विरोध गर्न पाउने संवैधानिक अधिकारको हनन गरेको राप्रपाको ठहर छ।

विज्ञप्तिमा भनिएको छ, ‘नागरिकले स्वतन्त्रतापूर्वक हिँड्न, डुल्न, बोल्न, लेख्न र शान्तिपूर्ण विरोध समेत गर्न पाउने संविधान प्रदत्त अधिकारलाई कुण्ठित गरिएको छ। प्रसाईँलाई बिना सर्त अविलम्ब रिहा गर्न राप्रपा सरकारसँग माग गर्दछ।’

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.