मिथिला परिक्रमा : मासु-मदिरा प्रतिबन्ध

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २६, सोमबार १०:४६

महोत्तरी । जिल्ला प्रशासन कार्यालय महोत्तरीले मिथिला माध्यमिकी परिक्रमाको रुट तथा पडावस्थल आसपासका क्षेत्रमा मासु तथा मदिराजन्य पदार्थको बिक्री, वितरण र सेवनमा रोक लगाएको छ । परिक्रमालाई मर्यादित, शान्तिपूर्ण र धार्मिक वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार परिक्रमाको रुट तथा पडावस्थल आसपासका क्षेत्रमा मासु तथा मदिराजन्य पदार्थको बिक्री, वितरण र सेवनमा प्रतिबन्ध लगाएको हो ।

मिथिला क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई मध्यनजर गर्दै परिक्रमाको रुट तथा प्रमुख पडावस्थल वरपर करिब एक किलोमिटर क्षेत्रभित्र मासु तथा मदिराको कारोबारमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी संजय कुमार पोखरेलले जानकारी दिए ।

उनका अनुसार फागुन ७ र ८ गते मटिहानी नगरपालिका क्षेत्र, फागुन ८ र ९ गते जलेश्वर नगरपालिका–४ सुगा, वडा नं. ६ खबोली तथा वडा नं. ७ र ८ क्षेत्र, फागुन ९ र १० गते महोत्तरी गाउँपालिका क्षेत्र, फागुन १० र ११ गते बलवा नगरपालिका–३ तथा धबकुन्ड क्षेत्र र फागुन ११ र १२ गते लोहरपट्टी नगरपालिका तथा भंगहा नगरपालिकाको कञ्चनवन पडावस्थल आसपासमा प्रतिबन्ध लागू हुनेछ ।

उक्त अवधिमा सम्बन्धित क्षेत्रमा रहेका कुनै पनि होटल, पसल वा खुला स्थानबाट मासु तथा मदिराको बिक्री–वितरण गर्न नपाइने प्रशासनले स्पष्ट गरेको छ । साथै परिक्रमा मार्गमा पर्ने मासु पसलहरूलाई तोकिएको समयसम्म अनिवार्य रूपमा बन्द राख्न निर्देशन दिइएको छ ।

प्रशासनको निर्देशनको उल्लंघन गरी मासु वा मदिराको कारोबार तथा सेवन गरेको पाइएमा प्रचलित कानूनअनुसार कडा कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । मिथिला क्षेत्रमा प्रत्येक वर्ष होलीको दुई साता अघि यो परिक्रमा सुरु हुन्छ । १५ दिने परिक्रमा अन्तर्गत जनकपुरधामस्थित हनुमानगढीबाट कल्याणेश्वर हुँदै फुलहर, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चन वन, क्षीरेश्वरनाथ (पर्वता), धनुषाको धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), औरही, करुणा, बिसौल, कल्याणेश्वर पुगेर फागुन पूर्णिमाको दिन जनकपुरधाम फर्किने चलन छ । त्यसपछि जनकपुरधामस्थित पाँच कोशे अन्तरगृह परिक्रमा गर्दै यो परिक्रमा सम्पन्न गरिन्छ ।

तपाइको प्रतिक्रिया
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.