सव-इन्जिनियर पौड्यालविरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २६, सोमबार १३:५४

काठमाडौँ। काठमाडौँ उपत्यका विकास प्राधिकरणअन्तर्गत दिव्येश्वरी जग्गा एकीकरण आयोजना भक्तपुरमा कार्यरत सव-इन्जिनियर कुमार पौड्यालविरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी प्रमाण बुझ्ने आदेश भएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले सोमबार यस्तो आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौड्यालले पदको दुरुपयोग गरी ३ करोड ६३ लाख २१ हजार रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा आइतबार मुद्दा दायर गरेको थियो। अनुसन्धानका क्रममा उनको वैध आय २ करोड ५८ लाख ९७ हजार रुपैयाँ मात्र देखिएको छ।

पौड्यालले २०५१ सालदेखि २०८० असारसम्मको अवधिमा घर निर्माण, जग्गा खरिद, पिस ब्याङकुट एन्ड रेस्टुरेन्टमा लगानी, सवारी साधन र सेयर खरिद लगायतमा ६ करोड २२ लाख १८ हजार रुपैयाँ खर्च गरेको अख्तियारले जनाएको छ। आयको तुलनामा खर्च र लगानी ३ करोड ६३ लाख रुपैयाँले बढी देखिएकाले सो बराबरको बिगो कायम गरी सजायको मागदाबी गरिएको छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.