सरकारको निर्णय : निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १२, मंगलबार १५:४०

काठमाडौं । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २० गतेदेखि २२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

निर्वाचन आयोगले मतदानमा मतदाताको उत्साहजनक सहभागिता सुनिश्चित गर्न र सुरक्षा तथा व्यवस्थापनमा सहजता ल्याउन सरकारलाई बिदाका लागि आग्रह गरेको थियो। आयोगको सोही सिफारिसका आधारमा सरकारले निर्वाचनको अघिल्लो दिन, निर्वाचनको दिन र त्यसको भोलिपल्टसम्म बिदा दिने निर्णय गरेको हो।

यस बिदाको अवधिमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय र शिक्षण संस्थाहरू बन्द रहनेछन्। धेरैजसो मतदान केन्द्रहरू विद्यालयमा राखिने र कर्मचारीहरू निर्वाचनमा खटिने भएकाले पनि बिदा दिइएको हो। सरकारको यस निर्णयले टाढा-टाढा रहेका मतदाताहरूलाई आफ्नो गाउँ फर्किएर मतदान गर्न पर्याप्त समय मिल्ने विश्वास लिइएको छ।

तपाइको प्रतिक्रिया
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.