निर्वाचन सुरक्षाका लागि सबै प्रदेशमा एआईजी परिचालन

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १४, बिहीबार १७:४१

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी नेपाल प्रहरीले सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई कमाण्ड सम्हाल्न खटाएको छ। निर्वाचन सुरक्षालाई चुस्त बनाउन प्रहरी प्रधान कार्यालयले विभिन्न विभागमा कार्यरत सात एआईजीलाई प्रदेशगत जिम्मेवारी दिएर कार्यक्षेत्रमा पठाएको हो।

जसअनुसार कोशी प्रदेशमा राजन अधिकारी, मधेशमा डम्बर विक, बागमतीमा सिद्धिविक्रम शाह र गण्डकीमा डा. मनोज केसीलाई खटाइएको छ। यस्तै, लुम्बिनीमा उमा प्रसाद चतुर्वेदी, कर्णालीमा सुशील सिंह राठौर र सुदूरपश्चिममा हिमालय कुमार श्रेष्ठले सुरक्षा कमाण्ड सम्हाल्नेछन्। काठमाडौँ उपत्यकाको सुरक्षा कमाण्ड भने एआईजी ईश्वर कार्कीले गर्नेछन्।

सुरक्षा चुनौतीका आधारमा जिल्लाहरूमा पनि जनशक्ति थप गरिएको छ। डीएसपीले कमाण्ड गर्ने पहाडी जिल्लाहरूमा एसपी र एसपीले कमाण्ड गर्ने संवेदनशील जिल्लाहरूमा एसएसपीलाई खटाइएको छ। झापा र इलामको कमाण्ड एसएसपी गोविन्द अधिकारीले गर्नेछन् भने सर्लाही र रौतहटमा एसएसपी सुरेश काफ्लेलाई पठाइएको छ। निर्वाचनका लागि उपत्यकाबाट मात्रै १२ हजार ७ सय थप सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार शङ्कास्पद स्थानहरूमा तालिमप्राप्त कुकुरबाट गस्ती गरिनेछ भने साइबर चुनौती सामना गर्न विशेष मनिटरिङ डेस्क स्थापना गरिएको छ। निर्वाचनलाई सुरक्षित बनाउन सीमा नाकामा कडा निगरानी राख्ने र सीमा बन्द गर्ने प्रक्रियाका लागि छिमेकी देशका समकक्षीहरूसँग समन्वय भइरहेको छ। गृह मन्त्रालय र जिल्ला सुरक्षा समितिहरूले दैनिक रूपमा सुरक्षा विश्लेषण गरी रणनीति परिमार्जन गरिरहेका छन्।

तपाइको प्रतिक्रिया
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.