यातायात व्यवसायी महासंघका पूर्वअध्यक्ष हिरा उदासको निधन

Share this
805shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १६, शनिबार १२:४४

विराटनगर। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पूर्व अध्यक्ष हिरा उदासको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचारका क्रममा शनिबार निधन भएको छ। विगत पाँच दशकदेखि यातायात क्षेत्रमा निरन्तर क्रियाशील उदासलाई यस क्षेत्रका ‘भीष्म पितामह’ का रूपमा चिनिन्थ्यो।

महासङ्घले एक शोक वक्तव्य जारी गर्दै स्वर्गीय उदासले सार्वजनिक यातायात क्षेत्रको बृहत् एकता, समुन्नत विकास र सुधारमा अतुलनीय योगदान पुर्‍याएको जनाएको छ। उनको निधनले समग्र यातायात जगतमा अपूरणीय क्षति पुगेको महासङ्घको ठहर छ।

पूर्व अध्यक्ष उदासको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै महासङ्घले उनको सम्मानमा सातवटै प्रदेश कार्यालयहरूमा तीन दिनसम्म आधा झण्डा झुकाउने निर्णय गरेको छ। उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विराटनगरमै राखिने र त्यसपछि अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

तपाइको प्रतिक्रिया
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.