वाइडबडी भ्रष्टाचार मुद्दा: सर्वोच्चमा आज सुनुवाइ हुँदै

Share this
775shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १७, आइतबार ११:४७

काठमाडौं ।  नेपाल वायुसेवा निगमको बहुचर्चित वाइडबडी विमान खरिद प्रकरणमा भएको भ्रष्टाचार सम्बन्धी मुद्दाको आज (आइतबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ। न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो।

विशेष अदालतले पूर्व पर्यटन मन्त्री तथा नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीसहितका केही प्रतिवादीहरूलाई सफाइ दिने र अरूलाई कम सजाय तोक्ने फैसला गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसको विरुद्ध सर्वोच्चमा पुनरावेदन दर्ता गराएको थियो।

विशेष अदालतले यसअघि कुल ३२ प्रतिवादीमध्ये १० जनालाई मात्र दोषी ठहर गरेको थियो। निगमका तत्कालीन अध्यक्ष एवं पर्यटन सचिव शंकर अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसाकार तथा बोर्ड सदस्यहरू बुद्धिसागर लामिछाने र शिशिर ढुङ्गाना कसुरदार ठहरिए पनि पूर्वमन्त्री शाहीसहित अन्यले सफाइ पाएका थिए।

अख्तियारले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड १० लाख ८५ हजार ४ सय ८२ रुपैयाँ भ्रष्टाचार भएको दाबी गर्दै आएको छ। आयोगका अनुसार आपूर्तिकर्तालाई बदनियत राखेर ७४ करोड ५८ लाख ७७ हजार रुपैयाँ बढी भुक्तानी गरिएको छ। त्यस्तै, २४२ टन क्षमताको विमान ल्याउने सम्झौता भए पनि २३० टनको मात्र विमान ल्याउँदा १२ टनको मूल्य नघटाई ७२ करोड ५२ लाख ८ हजार रुपैयाँ थप नोक्सानी पुर्‍याइएको अख्तियारको जिकिर छ।

विशेष अदालतले मागदाबी अनुसार सबैलाई सजाय र बिगो कायम नगरेको भन्दै अख्तियारले सबै प्रतिवादीलाई कारबाहीको माग गर्दै सर्वोच्च पुगेको हो।

तपाइको प्रतिक्रिया
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.