निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न १४२ पक्राउ

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १९, मंगलबार १४:०५
उर्लाबारीमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ 

काठमाडौं।  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई बिथोल्ने र अवरोध पुऱ्याउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले देशभरबाट १४२ जनालाई नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेका अनुसार निर्वाचन विरोधी गतिविधिमा संलग्न उनीहरूलाई विभिन्न समय र स्थानबाट पक्राउ गरिएको हो।

पक्राउ परेकामध्ये सोमबार मात्रै ९ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रवक्ता काफ्लेका अनुसार पक्राउ परेका १४२ जनामध्ये हाल ७६ जना प्रहरी हिरासतमा रहेका छन् भने बाँकी ६६ जनालाई आवश्यक सोधपुछ र चेतावनीपछि छाडिएको छ। निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न प्रहरीले विशेष सुरक्षा अपरेसन चलाइरहेको छ।

विशेष गरी निर्वाचन बहिष्कारको नारा दिने र मतदातालाई तर्साउने गतिविधि गर्ने समूहहरूमाथि प्रहरीले सूक्ष्म निगरानी बढाएको छ। आयोगले मौन अवधिमा हुन सक्ने अवाञ्छित गतिविधि र सामाजिक सञ्जालमार्फत फैलाइने अफवाहलाई रोक्न समेत सुरक्षा निकायलाई उच्च सतर्कतामा राखेको छ।

तपाइको प्रतिक्रिया
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.