झुम्का कारागारका ७७ कैदीबन्दीद्वारा मतदान

Share this
660shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २१, बिहीबार १५:०३

सुनसरी। सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा रहेका ७७ जना कैदीबन्दीले आज प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेका छन्। कारागारमा खटिएका निर्वाचन अधिकृत विप्लभ घिमिरेले दिएको जानकारी अनुसार दिउँसोसम्म ७७ जनाले मतदान प्रक्रियामा सहभागिता जनाएका हुन्।

झुम्का कारागारमा रहेका १ हजारभन्दा बढी कैदीबन्दीमध्ये कुल १ सय ८७ जनाको नाम मतदाता सूचीमा सूचीकृत थियो। तर सूचीमा नाम समावेश भएका सबैले मतदान गर्न भने पाएनन्। विभिन्न प्राविधिक र व्यवस्थापकीय कारणले गर्दा १ सय ७ जना कैदीबन्दी मताधिकारबाट बाहिर रहनुपरेको कारागार प्रशासनले जनाएको छ।

निर्वाचन अधिकृत घिमिरेका अनुसार मतदाता सूचीमा नाम भएर पनि मतदान गर्न नपाउनुको मुख्य कारणमा धेरैजसो कैदीबन्दीहरू जेलबाट छुटिसकेको, केहीको अन्य कारागारमा स्थानान्तरण भइसकेको र कतिपयसँग आवश्यक कागजपत्र तथा मतदाता परिचय पत्रको अभाव हुनु रहेको छ।

निर्वाचन आयोगले यसपटक देशभरका विभिन्न कारागारमा रहेका कैदीबन्दीहरूलाई समानुपातिकतर्फ मात्र मतदान गर्ने व्यवस्था मिलाएको थियो। झुम्का कारागारमा पनि सोही व्यवस्था अनुसार मतदान सम्पन्न भएको हो।

तपाइको प्रतिक्रिया
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.