झापामा उत्साहजनक मतदान: ६५ प्रतिशतभन्दा बढी मत खस्यो

Share this
778shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २१, बिहीबार १८:०७

भद्रपुर। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत झापा जिल्लामा आज उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ। जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार प्रारम्भिक अनुमानमा जिल्लाभर ६५ प्रतिशतभन्दा बढी मतदान भएको छ।

जिल्ला निर्वाचन अधिकृत तुलसी कुमार नेपालले विभिन्न मतदान केन्द्रहरूबाट प्राप्त विवरणका आधारमा मतदानको प्रतिशत ६५ भन्दा माथि रहेको जानकारी दिए। विशेष गरी झापा क्षेत्र नम्बर ५ मा मतदाताको उपस्थिति अझ बढी देखिएको छ, जहाँ करिब ७० प्रतिशतको हाराहारीमा मतदान भएको अनुमान गरिएको छ।

अस्थायी सूचना प्रणालीका अनुसार ६५ प्रतिशतभन्दा बढी मत खसेको प्रारम्भिक प्रतिवेदन तयार भएको र क्षेत्र नम्बर ५ मा यो संख्या अझ केही बढी देखिएको अधिकृत नेपालले बताए। अहिले जिल्लाका सबै मतदान केन्द्रहरूबाट मतपेटिकाहरू सङ्कलन गर्ने कार्य तीव्र रूपमा भइरहेको छ। निर्वाचन कार्यालयका अनुसार राति ९ बजेसम्ममा सबै मतपेटिकाहरू सङ्कलन भइसक्ने र त्यसपछि मुचुल्का तथा सिल नम्बर रुजु गर्ने काम सुरु हुनेछ।

मतपेटिकाहरू रुजु गर्न राति १० देखि ११ बजेसम्म लाग्न सक्ने अनुमान गरिएको छ। त्यसलगत्तै झापाका पाँचवटै निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय र सर्वपक्षीय बैठक राखेर आजै रातिबाट मतगणना प्रारम्भ गर्ने योजना रहेको निर्वाचन कार्यालयले जनाएको छ।

तपाइको प्रतिक्रिया
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.