
इनरुवा। सुनसरी क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ। निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार रास्वपाका उम्मेदवार अशोक कुमार चौधरीले सुरुवाती अग्रता बनाएका हुन्।
कूल ३ सय मतको गणना हुँदा अशोक कुमार चौधरीले १ सय ६८ मत प्राप्त गरेका छन्। उनलाई नेकपा (एमाले) की उम्मेदवार भगवती चौधरीले ७१ मतका साथ पछ्याइरहेकी छिन्। नेपाली कांग्रेसका पुराना नेता विजयकुमार गच्छदार भने ४५ मतका साथ तेस्रो स्थानमा छन्।
२०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट एमालेकी भगवती चौधरी विजयी भएकी थिइन्। उनले कांग्रेसका गच्छदारलाई पराजित गरेकी थिइन्। यसपटक रास्वपाका उम्मेदवारले सुरुवाती चरणमै दुवै स्थापित नेताहरूलाई पछि पारेपछि यस क्षेत्रको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ।

























