
ताप्लेजुङ। ताप्लेजुङमा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना कार्य सुरु भएको छ। प्रारम्भिक ७४० मतको गणना सकिँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले अग्रता लिएका छन्।
पछिल्लो विवरण अनुसार बुढाक्षेत्रीले ३४६ मत प्राप्त गर्दै अन्य प्रतिस्पर्धीलाई पछि पारेका छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार गणेश तुम्याङ लिम्बुले १६१ मतका साथ पछ्याइरहेका छन्।
यस्तै नेकपा (एमाले) का उम्मेदवार क्षितिज थेबेले १४९ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठ २८ मतमा सीमित छन्। अन्य उम्मेदवारहरूमा श्रम संस्कृति पार्टीका सन्तोष राईले २३ र संघीय लोकतान्त्रिक मञ्चका मुकसाङ लाबुङ लिम्बुले ९ मत प्राप्त गरेका छन्।

























