
विराटनगर । म्याग्दीबाट डा. महाविर पुन प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार उनी २२ हजार ८५० मतका साथ विजयी भएका हुन् र।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ ।
शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत रुपमा पहल गर्ने मुद्दा अघि सार्दै पुन आफ्नो जन्मथलोबाट निर्वाचन लडेका हुन् । विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था मिलाउने नीति बनाउने उनको प्रतिबद्धता थियो ।
उक्त क्षेत्रबाट नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ८८४ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का अर्जुन थापाले ३ हजार ५२९ मत प्राप्त गरेका छन्। म्याग्दीमा ४६ हजार २१५ मत खसेको थियो ।

























