
भक्तपुर। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को लालकिल्ला मानिने भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा ठूलो राजनीतिक फेरबदल भएको छ। दशकौँदेखिको नेमकिपाको वर्चस्वलाई तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रुकेश रञ्जित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
अन्तिम मतपरिणाम अनुसार, रास्वपाका रञ्जितले ३३ हजार ४३६ मत प्राप्त गरी ऐतिहासिक जित हासिल गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेमकिपाका प्रेम सुवालले २८ हजार १४७ मत पाए। नेमकिपाका लागि यो नतिजा अप्रत्याशित धक्का सावित भएको छ।
यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार किरण न्यौपाने भने निकै कम मतमा खुम्चिएका छन्। उनले जम्मा ४ हजार २८२ मत मात्र प्राप्त गर्न सके। भक्तपुर–१ मा रास्वपाको यो जितले उपत्यकाका सबै क्षेत्रमा नयाँ शक्तिको उदय भएको पुष्टि गरेको छ।

























