तेस्रो स्थान गुमाउँदै चौथो शक्तिमा खुम्चियो नेकपा

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २४, आइतबार १८:१३

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले इतिहासकै सबैभन्दा खराब नतिजाको सामना गरेको छ । आइतबार अपराह्न ५ बजेसम्म ४५ लाख ३० हजार ९१३ समानुपातिक मत गणना हुँदा नेकपाले जम्मा ३ लाख ४ हजार ६२ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फको नतिजामा समेत धक्का लागेपछि नेकपा संसद्को चौथो शक्तिका रूपमा सीमित भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले विभिन्न २५ घटकलाई मिलाएर निर्णायक शक्ति बन्ने लक्ष्यका साथ नेकपा निर्माण गरे पनि मतदाताले त्यसलाई अस्वीकार गरिदिएका छन् । २०६४ सालको संविधानसभा निर्वाचनमा २२९ सिटसहित पहिलो शक्ति बनेको माओवादी र पछि एमालेसँगको एकताबाट झण्डै दुईतिहाइ मत प्राप्त गरेको यो राजनीतिक धार अहिले अस्तित्व जोगाउने संकटमा पुगेको छ ।

भदौ २३ र २४ को ‘जेनजी विद्रोह’ पछि बदलिएको राजनीतिक समीकरण र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा देखिएको अभूतपूर्व जनलहर नै नेकपाको हारको मुख्य कारण देखिएको छ ।

२०४८ सालदेखि निरन्तर तेस्रो स्थान ओगट्दै आएको यो शक्ति यसपटक रास्वपा, कांग्रेस र एमालेभन्दा पछि धकेलिएको छ । २०७९ को निर्वाचनमा ३२ सिट जितेर ‘किङ मेकर’ को भूमिकामा रहेको माओवादी केन्द्र सम्मिलित यो नयाँ संरचनाले अहिले प्रत्यक्षतर्फ मात्र ७ सिटमा चित्त बुझाउनु परेको छ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गराएको यस निर्वाचनले पुराना दलहरूको सिन्डिकेट तोड्दै नयाँ शक्तिलाई सत्ताको बागडोर सुम्पिने संकेत गरेको छ ।

तपाइको प्रतिक्रिया
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.