१६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ किशोर पक्राउ

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २६, मंगलबार १४:२१

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले चार जना किशोरलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ परेका चारै जना १८ वर्षमुनिका नाबालक हुन् ।

गुर्भाकोट नगरपालिका–६ घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी कक्षा ११ मा अध्ययनरत इनिसा फागुन २३ गते वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा गम्भीर अवस्थामा फेला परेकी थिइन् । उनलाई तत्काल प्रदेश अस्पताल कालागाउँ पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाको दिन बिहान ६ बजे ट्युसन पढ्न भन्दै घरबाट निस्किएकी इनिसा अबेरसम्म नफर्किएपछि खोजी गर्दा शहीद पार्क क्षेत्रको जङ्गलमा रक्ताम्मे र बेहोस अवस्थामा भेटिएकी थिइन् ।

मृतकका आफन्तले शरीरमा देखिएका चोटपटक, लुछिएको कपाल र घटनास्थलको प्रकृति हेर्दा उनलाई तड्पाएर सामूहिक बलात्कारपछि हत्या गरिएको दाबी गर्दै फागुन २४ गते प्रहरीमा जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी मोहनजंग बुढथापाले घटनाको गम्भीरताका साथ अनुसन्धान भइरहेको बताए ।

प्रहरीले घटनाकै दिन २३ गते एक जना र २४ गते थप तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि घटनाको थप वास्तविकता खुल्ने प्रहरीको भनाइ छ । पीडित परिवारले दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.